विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ६४ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ६४ लाख २० हजार ९ सय ४० जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ९१ लाख ९९ हजार ५ सय २३ पुगेको छ। त्यस्तै भारतमा ८१ लाख ८४ हजार ८२, ब्राजिलमा ५५ लाख ४५ हजार ७ सय ५ र रुसमा १६ लाख २४ हजार ६ सय ४८ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
विश्वमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख पाँच हजार ४३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५७ प्रतिशत हो ।
अमेरिकामा २ लाख ३० हजार ९ सय ३४, ब्राजिलमा १ लाख ६० हजार ७४, मेक्सीकोमा ९१ हजार ७ सय ५३, बेलायतमा ४६ हजार ८ सय ७, इटालीमा ३८ हजार ८ सय २६ जनाको मृत्यु भएको छ
विश्वभर तीन करोड १ लाख ९ हजार ७ सय ६० जना संक्रमणमुक्त भएका छन्। सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५० लाख २२ हजार ३ सय ३८, अमेरिकामा ३६ लाख ३० हजार ५ सय ७९, रुसमा १२ लाख १८ हजार ६ सय १९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ७३ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ३४ हजार ८ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने ९ सय ६० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८१ लाख ८४ हजार ८२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २२ हजार १ सय ११ पुगेको छ। भारतमा हालसम्म ७४ लाख ९१ हजार ५ सय १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ३३ हजार ९ सय ७० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ८ सय २३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १४ हजार ५ सय ५५ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ९ हजार २ सय ५२ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख २५ हजार ९ सय ४० छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार ५ सय १ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ३६ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ७ सय १ जना रहेको छ। मृत्यु हुनेको संख्या ३८ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ८ सय ८३ पुगेको छ।
श्रीलंकामा संक्रमितको संख्या ११ हजार ६० जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या २१ छ भने निको हुनेको संख्या ४ हजार ९ सय ५ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३४९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३२४ छ।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’