विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ६४ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ६४ लाख २० हजार ९ सय ४० जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ९१ लाख ९९ हजार ५ सय २३ पुगेको छ। त्यस्तै भारतमा ८१ लाख ८४ हजार ८२, ब्राजिलमा ५५ लाख ४५ हजार ७ सय ५ र रुसमा १६ लाख २४ हजार ६ सय ४८ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
विश्वमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख पाँच हजार ४३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५७ प्रतिशत हो ।
अमेरिकामा २ लाख ३० हजार ९ सय ३४, ब्राजिलमा १ लाख ६० हजार ७४, मेक्सीकोमा ९१ हजार ७ सय ५३, बेलायतमा ४६ हजार ८ सय ७, इटालीमा ३८ हजार ८ सय २६ जनाको मृत्यु भएको छ
विश्वभर तीन करोड १ लाख ९ हजार ७ सय ६० जना संक्रमणमुक्त भएका छन्। सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५० लाख २२ हजार ३ सय ३८, अमेरिकामा ३६ लाख ३० हजार ५ सय ७९, रुसमा १२ लाख १८ हजार ६ सय १९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ७३ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ३४ हजार ८ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने ९ सय ६० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८१ लाख ८४ हजार ८२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २२ हजार १ सय ११ पुगेको छ। भारतमा हालसम्म ७४ लाख ९१ हजार ५ सय १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ३३ हजार ९ सय ७० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ८ सय २३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १४ हजार ५ सय ५५ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ९ हजार २ सय ५२ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख २५ हजार ९ सय ४० छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार ५ सय १ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ३६ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ७ सय १ जना रहेको छ। मृत्यु हुनेको संख्या ३८ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ८ सय ८३ पुगेको छ।
श्रीलंकामा संक्रमितको संख्या ११ हजार ६० जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या २१ छ भने निको हुनेको संख्या ४ हजार ९ सय ५ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३४९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३२४ छ।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान