पोखराका प्रतिष्ठित उद्योगपति तथा कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

पोखराका प्रतिष्ठित उद्योगपति तथा कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

Surya Bahadur KC

पोखराका प्रतिष्ठित उद्योगपति तथा प्रतिनिधि सभाका कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन भएको छ । उनको गएराती १०ः३० बजे पोखरा ७ एयरपोर्ट स्थित आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।

विगतमा मृगौला प्रत्यारोपण गरेका केसी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित थिए । सोमबार राति एक्कासी विरामी परेपछि चरक मेमोरियल अस्पताल लैजाँदै गर्दा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

राप्रपाका पूर्व केन्द्रीय कोषाध्यक्ष समेत बनिसकेका केसी ३ वर्षअघि गएको निर्वाचनमा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद बनेका हुन् । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । उनी पोखरा नगरका तत्कालिन प्रधानपञ्च पनि हुन् ।

रारा चाउचाउको उत्पादक कम्पनी हिम श्री फुड्स प्रालिका सञ्चालक उनको एक दर्जन बढी हाईड्रोलगायतमा समेत ठूलो लगानी छ । उनी माछापुच्छ्रे बैंकका संस्थापकसमेत हुन् ।

उनको आजै सेती नदीमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । उनको परिवारमा एक श्रीमती, तीन छोरा, तीन बुहारी र ६ जना नातिनातिना छन् । पोखराको वडा नम्बर १४ मा २०१४ जेठ १० मा केसीको जन्म भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ