पोखराका प्रतिष्ठित उद्योगपति तथा प्रतिनिधि सभाका कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन भएको छ । उनको गएराती १०ः३० बजे पोखरा ७ एयरपोर्ट स्थित आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।
विगतमा मृगौला प्रत्यारोपण गरेका केसी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित थिए । सोमबार राति एक्कासी विरामी परेपछि चरक मेमोरियल अस्पताल लैजाँदै गर्दा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
राप्रपाका पूर्व केन्द्रीय कोषाध्यक्ष समेत बनिसकेका केसी ३ वर्षअघि गएको निर्वाचनमा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद बनेका हुन् । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । उनी पोखरा नगरका तत्कालिन प्रधानपञ्च पनि हुन् ।
रारा चाउचाउको उत्पादक कम्पनी हिम श्री फुड्स प्रालिका सञ्चालक उनको एक दर्जन बढी हाईड्रोलगायतमा समेत ठूलो लगानी छ । उनी माछापुच्छ्रे बैंकका संस्थापकसमेत हुन् ।
उनको आजै सेती नदीमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । उनको परिवारमा एक श्रीमती, तीन छोरा, तीन बुहारी र ६ जना नातिनातिना छन् । पोखराको वडा नम्बर १४ मा २०१४ जेठ १० मा केसीको जन्म भएको थियो ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो