तनहुँका २३ जनामा कोरोना संक्रमण पुष्टि, ऋषिङमा मात्रै ९ जना

तनहुँका २३ जनामा कोरोना संक्रमण पुष्टि, ऋषिङमा मात्रै ९ जना

covid-19-corona

तनहुँ । तनहुँमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको ऋषिङ गाउँपालिकामा ९ जना, भानु नगरपालिकामा ६ जना, व्यास नगरपालिकामा २ जना, भिमाद नगरपालिकामा २ जना र बन्दिपुर गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशानालय गण्डकीले जनाएको छ ।

ऋषिङ-१ का ३२, ३५, ४१, ३०, ३२, ३१,२३, २६,२२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै भानु-२ का ४०, २७, २५ पुरुष, भानु-७ की ५२ वर्षीया महिला र ४६, २३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

यसैगरी भिमाद-४ की २८ वर्षीया महिला र भिमाद-५ का ६३ वर्षीय पुरुषमा समेत संक्रमण भएको छ ।

त्यस्तै व्यास-५ की ८२ वर्षिया महिला र ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बन्दिपुर गाउँपालिकाको वडा नखुलेको २२, ३०, २७ र ८९ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ