उड्ने कारको सफल परीक्षण, सामान्य ड्राइभरले उडाउन सक्ने (हेरौं भिडियो)

उड्ने कारको सफल परीक्षण, सामान्य ड्राइभरले उडाउन सक्ने (हेरौं भिडियो)

fly car

युरोपियन राष्ट्र स्लोभाकियामा उड्ने कार अर्थात एयर कारको सफल परीक्षण सम्पन्न भएको छ । सडकमा चल्ने कार तीन मिनेटमै प्लेनको रुपमा परिवर्तित हुन्छ । परीक्षणको समयमा सो कार हावामा १५ सय फिट माथि सफलतापूर्वक उडेको थियो । यसको भिडियो फुटेज समेत सार्वजनिक गरिएको छ, जुन देख्दा सबैको मन चकित हुन्छ ।

स्लोभाकियाको क्लेनभिजन नामक कम्पनीले सो कार निर्माण गरेको हो । यसलाई सेल्फ ड्राइभ यात्रा गर्न वा एयर ट्याक्सीको रुपमा प्रयोग गर्न सकिने छ ।

अर्को वर्ष यो कारलाई व्यवहारिक रुपमा प्रयोगमा आएको देख्न सकिने छ । यद्यपि कम्पनीले कारको मूल्यको वारेमा भने केही जानकारी दिएको छैन ।

एयरकारले एक पटकमा ६२० किलोमिटर सम्म यात्रा गर्न सक्छ । कार प्लेनको रुपमा देखिएको छ भने यो निकै नै हलुका पनि छ । परीक्षण गरिएको सो एयर कार दुई सिटर छ र यसको तौल करिव ११ सय किलोग्राम छ ।

कारमा बीएमडब्ल्यु १.६ लिटर इन्जिन प्रयोग गरिएको छ, जसले १४० बीएचपीको पावर जेनेरेट गर्छ । कारलाई टेकअफ गर्नका लागि कमसेकम ९८४ फिटको रनवे चाहिन्छ ।

यसको अधिकतम गति २ सय किलोमिटर प्रतिघण्टा छ । कम्पनीका अनुसार कार उडाउन सामान्य ड्राइभरले पनि सक्छ । यसका लागि स्पेसल पाइलटको आवश्यकता पर्दैन । एजेन्सी/ नेपाल अटो

भिडियो:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ