गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
युरोपियन राष्ट्र स्लोभाकियामा उड्ने कार अर्थात एयर कारको सफल परीक्षण सम्पन्न भएको छ । सडकमा चल्ने कार तीन मिनेटमै प्लेनको रुपमा परिवर्तित हुन्छ । परीक्षणको समयमा सो कार हावामा १५ सय फिट माथि सफलतापूर्वक उडेको थियो । यसको भिडियो फुटेज समेत सार्वजनिक गरिएको छ, जुन देख्दा सबैको मन चकित हुन्छ ।
स्लोभाकियाको क्लेनभिजन नामक कम्पनीले सो कार निर्माण गरेको हो । यसलाई सेल्फ ड्राइभ यात्रा गर्न वा एयर ट्याक्सीको रुपमा प्रयोग गर्न सकिने छ ।
अर्को वर्ष यो कारलाई व्यवहारिक रुपमा प्रयोगमा आएको देख्न सकिने छ । यद्यपि कम्पनीले कारको मूल्यको वारेमा भने केही जानकारी दिएको छैन ।
एयरकारले एक पटकमा ६२० किलोमिटर सम्म यात्रा गर्न सक्छ । कार प्लेनको रुपमा देखिएको छ भने यो निकै नै हलुका पनि छ । परीक्षण गरिएको सो एयर कार दुई सिटर छ र यसको तौल करिव ११ सय किलोग्राम छ ।
कारमा बीएमडब्ल्यु १.६ लिटर इन्जिन प्रयोग गरिएको छ, जसले १४० बीएचपीको पावर जेनेरेट गर्छ । कारलाई टेकअफ गर्नका लागि कमसेकम ९८४ फिटको रनवे चाहिन्छ ।
यसको अधिकतम गति २ सय किलोमिटर प्रतिघण्टा छ । कम्पनीका अनुसार कार उडाउन सामान्य ड्राइभरले पनि सक्छ । यसका लागि स्पेसल पाइलटको आवश्यकता पर्दैन । एजेन्सी/ नेपाल अटो
भिडियो:
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
एन्ड्रोइड फोनमा ‘कल डिस्प्ले’ अचानक परिवर्तन
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी