पोखरा । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले राजमार्ग तथा शहरी क्षेत्रमा सञ्चालन हुने गरी ‘चालकसँग १ मिनेट कार्यक्रम’ शुरु गरेको छ ।

सवारी दुर्घटनाको जोखिम न्यूनिकरणका लागि यस्तो कार्यक्रम सुरु गरेको गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभु ढकालले बताए ।
एसपी ढकालका अनुसार कोरोना महामारीको कुरालाई समेत मध्यनगर गर्दै कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट गण्डकी प्रदेशको ११ वटै जिल्लामा रहेको ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टले ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको हो ।

खराब मौसमका कारण दुर्घटना हुने सक्ने कुरालाई मध्यनजर गर्दै सेचतनामूलक सन्देश दिनका लागि यस कार्यक्रम सुरु गरिएको एसपी ढकालको भनाइ छ । ‘चालकसँग १ मिनेट’ कार्यक्रम एक महिनासम्म दिनहुँ सञ्चालन हुने एसपी ढकालले दावी गरे ।

सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔं, मोटरसाइकल र स्कुटर चालकले हेल्मट र हेल्मेटको फर्तिा अनिवार्य लगाऔं, पामसे तथा नसाजन्य पदार्थ सेवन गरी सवारीसाधन नचलाऔं र तिब्र गतिमा सवारी नचालाऔं भन्दै कार्यक्रममार्फत सचेतना फैलाइने ढकालले बताए ।

‘चालकसँग १ मिनेट’ कार्यक्रम पोखरा महानगरपालिका–१० औद्योगिक क्षेत्रको गेट अगाडिबाट शुरु भएको थियो ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु