लमजुङको दोर्दी -८ खिंचोकबाट बारुदजन्य पदार्थ सहित ६ जना पक्राउ

लमजुङको दोर्दी -८ खिंचोकबाट बारुदजन्य पदार्थ सहित ६ जना पक्राउ

arrest

सांकेतिक तस्विर

लमजुङ –  जिल्ला प्रहरी कार्यालय लमजुङले बारुदजन्य पदार्थ सहित ६ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको दोर्दी गाउँपालिका-८ खिंचोक पास्वाराबाट रोल्पा गंगादेव गाउँपालिका-२ बस्ने ४२ वर्षीय जंग बहादुर भण्डारी लगायत ६ जनालाई करिब ५ सय ग्राम बारुदजन्य पदार्थ, ५ सय ग्राम गन्धक र छर्रा लगायतका सामग्री सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले दोर्दी गाउँपालिका-८ खिंचोक पास्वारा बस्ने मंगल तामाङको घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई उक्त बारुदजन्य पदार्थ र सामग्री सहित पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ