दोलखा । दोलखाको भीमेश्वरको शिलामा पसिना आएको छ । सो मन्दीरमा पसिना आए मुलुकमा अशुभ हुने तथा नराम्रा घटनाहरु हुने धार्मिक मान्यताहरु रहेका छन् । यसअघि पनि शिलामा पसिना आउदा देशमा ठूला-ठूला क्षति भएका थिए ।
पछिल्लो पटक मंगलबार आज दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । उनले शिलामा पसिना आएको यो १८ औं पटक भएको बताए ।
यसअघि शिलामा १७ औं पटक फागुन ८ मा आएको उहाँले जानकारी दिए । त्यसपछि लगत्तै कोरोना महामारीका कारण देशभरी लकडाउन भएको थियो । २०६२\०६३ को जनआन्दोलन अघि पनि शिलामा पसिना आउको थियो ।
त्यस्तै राजदरबार हत्याकाण्ड हुनुभन्दा डेढ महिनाअघि पनि पसिना आएको थियो । त्यस्तैगरि १९९० मा भूकम्प आउनुभन्दा अघि पनि शिलामा पसिना आएको बताइन्छ ।
मंगलबार पनि शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आइरहेको अध्यक्ष श्रेष्ठले बताए ।
लकडाउन पछि नियमित पूजाको लागि खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिएको थियो । अहिले सर्वसाधारणका लागि बन्द रहेको छ ।
तर पसिना आउन थालेपछि चलन अनुसार मन्दिर व्यवस्थापन तथा गुठियारहरुले र स्थानीयले पूजा गरिरहेका छन् ।
पसिना आएपछि क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछ्ने चलन छ । त्यहाँ पसिना पुछिएको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्याउने व्यवस्था गरिएको छ । यसअघि राजाका पालामा पसिना आउँदा राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने प्रचलन थियो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण