भिमादका १३ सहित तनहुँमा २१ जना कोरोना संक्रमित थपिए

भिमादका १३ सहित तनहुँमा २१ जना कोरोना संक्रमित थपिए

corona-Update

तनहुँ । तनहुँमा २१ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको भिमाद नगरपालिका १३ जना, देवघाट गाउँपालिकामा १ जना, घिरिङ गाउँपालिकामा १ जना, म्याग्दे गाउँपालिकामा १ जना र व्यास नगरपालिकामा ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

भिमाद-३ की ३० वर्षीया महिला, भिमाद-४ की २९ वर्षीया महिला, भिमाद-५ का ३५ वर्षीय पुरुष, भिमाद-६ की २७, २५ वर्षीया महिला र १६, ३६, ७० वर्षीय पुरुष, भिमाद-७ की ५३, २१, १९ वर्षीया महिला र १२, ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

देवघाट-१ की ४७ वर्षीया महिला, घिरिङ-१ की २९ वर्षीया महिला, म्याग्दे-२ का ५५ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।

त्यस्तै व्यास-१ की २१ वर्षीया महिला, व्यास-२ की ४२, ३४ वर्षीया महिला र ३९ वर्षीय पुरुष, व्यास-९ का ८० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ