शुक्लागण्डकीका ७ सहित तनहुँमा १० जना कोरोना संक्रमित थपिए

शुक्लागण्डकीका ७ सहित तनहुँमा १० जना कोरोना संक्रमित थपिए

corona

तनहुँ । तनहुँमा १० जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा ७ जना, आँबुखैरेनी गाउँपालिकामा १ जना, म्याग्दे गाउँपालिकामा १ जना र व्यास नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्लागण्डकी-३ की ३२ वर्षीया महिला र ५४ वर्षीय पुरुष, शुक्लागण्डकी-४ का ३२ वर्षीय पुरुष, शुक्लागण्डकी-५ का ७६ वर्षीय पुरुष, शुक्लागण्डकी-६ का ५५ वर्षीय पुरुष, शुक्लागण्डकी-७ की ५० वर्षीया महिला र शुक्लागण्डकी-८ की ३५ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशानालयले जनाएको छ ।

त्यस्तै आँबुखैरेनी-३ का ५५ वर्षीय पुरुष, म्याग्दे-३ की ४७ वर्षीया महिला, व्यास-३ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ