प्रेक्षा लम्साल नेपाल स्टारको ‘टप टेन’ मा

प्रेक्षा लम्साल नेपाल स्टारको ‘टप टेन’ मा

prekshya lamsal

दाङकी प्रेक्षा लम्साल नेपाल टेलिभिजनको रियालिटी गायन शो नेपाल स्टारको टप टेन कन्टेस्टेन्ट बनेकी छिन् । करिब १६ हजार प्रतिष्पर्धी भाग लिएको उक्त शोमा टप १५ बाट उनी टप टेनमा पुगेकी छिन् । यसअघि पनि यस्ता रियालिटी शोहरुमा उनले उत्कृष्ट स्थान प्राप्त गरेकी थिइन् ।

नेपाल स्टारको उत्कृष्ट १० मा परेपछि उत्साहित भएकी प्रेक्षाले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । “मलाई टप १० मा पार्न भोट गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरुलाई धेरै धेरै धन्यवाद छ र आगामी प्रतिष्पर्धामा पनि यसरी नै भोट गरिदिन अनुरोध छ ।” प्रेक्षाले भनिन् ।

आगामी शनिबारको श्रृङखलादेखि उनले उत्कृष्ट ९ को लागि प्रतिष्पर्धा गर्नेछिन् । अबको सबै श्रृङखलाको निर्णय भोटको आधारमा हुनेछ । दाङको घोराही १२ हापुरकी प्रेक्षा सामाजिक कार्यमा पनि उत्तिकै लगाव छ । अंग्रेजी विषय स्नातकको अन्तिम वर्षमा अध्ययनरत प्रेक्षाले बाल्यकालदेखि नै कला, साहित्य र संगीतमा विशेष रुचि रहेको जनाइन् ।

१२ वर्ष अघि कक्षा ४ मा पढ्दा उनले ठूलो पर्दाको चलचित्र ज्यानको बाजीको लागि गीत रेकर्ड गराएकी थिइन् । अहिलेसम्म उनले ८ गीत रेकर्ड गरेकी छिन् । छन्द कविता लेखन र वाचनमा प्रेक्षाले राष्ट्रियस्तरमा थुप्रै पुरस्कार जितेकी छिन् । काठमाडौंमा १० वर्षदेखि संगीत प्रशिक्षण लिइरहेकी उनी आफू पनि नागार्जुन भ्याली एकेडेमीमा संगीत सिकाउँछिन् ।

आमा मिरा लम्सालले एक्लै दुःख सुख गरी हुर्काएकी प्रेक्षालाई बुबाको माया कस्तो हुन्छ ? यो विषयले दुःख लाग्छ ।

https://youtu.be/FY0WD9C002g

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ