५ दिनदेखि बेपत्ता सुनसरीको दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब ५०० मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन मंसिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए । साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते जाहेरी दिइएको थियो ।
उनी हराएको प्रहरीलाई जानकारी गराइएको ४ दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । १२ कक्षामा इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुनसक्ने प्रहरी उपरीक्षक कमल थापाले बताए ।
हत्या आरोपमा तीनजना पक्राउ
हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् । सुजनलाई खोज्ने क्रममा प्रहरीको टोलीले स्थानीय २० वर्षीय सुमन झालाई पक्राउ गरेसँगै हत्याको घटना खुलेको हो । पक्राउ परेका झाले आफूले हत्या गरेको स्वीकारेसँगै शव फालेको स्थान देखाएका थिए ।
सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार चौधरीसँगको सामान्य रिसइवीलाई लिएर हत्या भएको हो । हत्या भएलगत्तै घरबाट आएको फोनको जवाफमा झाले ‘तेरो छोरा अपहरणमा छ’ भनेर भनेका थिए । तर अपहरण नभइ हत्या पछि अपहरण भनिदिएको मात्र देखिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले बताए ।

प्रहरीले घटनास्थलबाट मृतक सुरजको मोबाइल र अन्य समानहरु पनि बरामद गरेको छ । शव पोष्टमार्टका लागि धरानस्थित विपी प्रतिष्ठान धरानमा पठाइएको छ ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो