गण्डकी प्रदेश सरकारले हालसम्म ३१ वटा मात्र भेन्टिलेटरको जोडजाम गर्न सकेको छ । उसको लक्ष्य ३१ वटा भेन्टिलेटर किन्नु थियो, त्यसका लागि बजेट विनियोजन पनि गर्यो । तर, १८ वटा खरिद गर्न अझै सकेको छैन । प्रदेशभर सरकारी तथा निजीमा गरेर ६२ वटा भेन्टिलेटर रहेको प्रदेश सरकार बताउँछ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड उपचार केन्द्रमा २ वटामात्र भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ । भेन्टिलेटर र आईसीयू नभएको भन्दै अस्पतालले भर्ना नै नलिँदा पछिल्लो समय स्याङ्जाकी धनमाया गुरुङ र कास्की अन्नपूर्णका राजेश कार्कीले ज्यान गुमाइसकेका छन् ।
पोखरामा अब भेन्टिलेटरको अभाव हुन नदिन निजी क्षेत्रले अभियानै थालेको छ । नेपाल भेन्टिलेटर सोसाइटी कास्की गठन गरेर भेन्टिलेटर जुटाउने अभियान थालिएको अध्यक्ष विश्वशंकर पालिखेले पत्रकार सम्मेलन नै गरी जानकारी दिए ।
हालैमात्र गठन भएको भेन्टिलेटर सर्भिस कास्कीको अध्यक्षमा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे छन् भने सदस्यहरुमा डाक्टर सरोज पोखरेल, व्यवसायी विप्लव पौडेल, व्यवसायी सुनिल गोशेली र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली रहेका छन् ।
सहयोग जुट्न थाल्यो
सोसाइटीमा अहिले भेन्टिलेटर र ३ वटा न्याजलफ्लो क्यानेला (शरीरमा पाइप नघुसाइ अक्सिजन दिन मिल्ने मेसिन) उपलब्ध भइसकेको अध्यक्ष पालिखेले बताए । गण्डकीमा २० वटा भेण्टिलेटरको व्यवस्थापन गर्ने साइटीका सचिव रामकृष्ण ज्ञवालीले बताए ।
समितिले ल्याएका भेन्टिलेटर ब्याकअफका रुपमा रहने र त्यसलाई आवश्यक्ता परेको बेला टोकन मनी लिएर अस्पताललाई दिईने समितिका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए । समितिले भेन्टिलेटर र एच.एफ.एन.सी.को भाडादर पनि कायम गरेको छ । ज्ञवालीका अनुसार सरकारी अस्पताललाई प्रति दिन प्रति भेन्टिलेटर १ हजार तोकिएको छ भने सामुदायिक अस्पताललाई दैनिक २ हजार र नीजि अस्पताललाई दैनिक ३ हजार तोकिएको छ । त्यस्तै एच.एफ.एन.सी.को भाडा प्रति दिन सरकारी अस्पताललाई ३ सय, सामुदायिक अस्पताललाई ५ सय र नीजि अस्पताललाई ७ सय तोकिएको ज्ञवालीले जानकारी दिए ।
स्वयम्सेवी संस्था भएपनि संस्था सञ्चालन तथा भेन्टिलेटर र एच.एफ.एन.सी.को सरसफाईसँगै कर्मचारी ब्यबस्थापनका लागि भाडा लिइएको अध्यक्ष विश्वशंकर पालिखेले बताए ।
भेण्टिलेटर सोसाइटीले विभिन्न व्यक्तिको सहयोगबाट अभियान थालेको हो । आइतबार मात्रै युवा उद्यमी मञ्च, पोखराले २ लाख, अध्यक्ष विश्वशंकर पालिखेबाट १ लाख, बाराही ग्रुपको तर्फबाट विप्लव पौडेलले १ लाख, गोसली हाउसको तर्फबाट सुनीलकुमार गोसलीले १ लाख, रोटरी इण्टरनेसनल डिष्ट्रिक्ट ३९२ का निवर्तमान गभर्नर किरणलाल श्रेष्ठले १ लाखभन्दा बढी रकम दिने घोषणा गरेका छन् । यस्तै बतास ब्रदर्शका आनन्दराज बतासले एउटा भेण्टिलेटर व्यवस्था गर्ने घोषणा गरेका छन् ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’