कास्कीको माछापुछ्रे गाउँपालिबाट ज्यान मार्ने उद्योगका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

कास्कीको माछापुछ्रे गाउँपालिबाट ज्यान मार्ने उद्योगका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

police-arrest

सांकेतिक तस्विर

पोखरा – कास्की प्रहरीले विगत १४ वर्ष देखि फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नं -९ सिदिङ गाउँपालिका स्थित आफ्नै घरबाट ४८ वर्षीय खिम बहादुर क्षेत्रीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार २०६४ साल साउन ३० गते जिल्ला अदालत कास्कीले ज्यान मार्ने उद्योगमा क्षेत्रीलाई ७ वर्ष कैद सजाए तोकेपनि हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहारी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ