अन्ततः तनहुँ काँग्रेसको प्रयास सफल, पौडेलले गरे बुल्दी पुल उद्घाटन (तस्विरहरु)

अन्ततः तनहुँ काँग्रेसको प्रयास सफल, पौडेलले गरे बुल्दी पुल उद्घाटन (तस्विरहरु)

128997419_15891868592

तनहुँ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोला पुल उद्घाटन गरेका छन । बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका हुन ।

पौडेल बिहीबार कांग्रेसका हजारौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।

बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए । प्रमुख जिल्ला अधिकारीलाई जिल्ला छोड्न भन्दै नारा लगाएका थिए ।

सम्बन्धित समाचारः

पुलमाथि राजनीति ! शक्ति प्रदर्शनका साथ काँग्रेस बुल्दी पुल उद्घाटन गर्न पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ