गोरखामा आफ्नै छोराको लाठी प्रहारबाट ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

गोरखामा आफ्नै छोराको लाठी प्रहारबाट ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

kutpit-620×330

सांकेतिक तस्विर

गोरखा – आफनै बावुको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं -८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाल रहेका छन्

प्रहरीका अनुसार सोही गाउँपालिका -८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै ७० वर्षीय बुवा तुलाराम ढकाललाई लाठीले हानेर गम्भीर घाइते बनाएका थिए ।

घाइते बुवालाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो घटनाको जानकारी लगत्तै जौबारीबाट खटिएको प्रहरीको टोलीले छोरा भुवनलाई पक्राउ गरेको छ

पक्राउ परेका उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ 

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ