पोखरा – गण्डकी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले तनहुँ जिल्लाको दुई स्थानका मोटरेवल पुलको उद्घाटन र त्यसबाट उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा उद्घाटन गरिएको जिल्लाको सुंडे स्थित सेती नदीमा बनेको मोटरेवल पूल र ब्यास नगरपालिका -१, १० र ११ जोड्ने बुल्दीखोला मोटरेवल पुलको विषयलाई लिएर प्रदेश सरकारले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ – “संघिय सरकार र गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम अन्तर्गत निर्माणमा भएका उक्त पारियोजनाको स्वामित्व सम्बन्धित सरकार र त्यस अन्तर्गतका कार्यालय मातहत रहने हुँदा योजनाहरुको शिलान्यास र उद्घाटन पनि सम्बन्धित सरकारका निकायसंग समन्वय र व्यवस्थापनमा हुने कानुनी प्रक्रिया र मान्यता रहेको छ । सम्बन्धित सरकार र कार्यालयसंग समन्वय नै नगरी नेपाली कांग्रेसले दलबल सहित कथित उपभोक्ता समितिको आडमा अनाधिकृतरुपमा दुई वटा पुलको शिलान्यास गर्नु हास्यास्पद र लज्जासपद छ ।”
उद्घाटनको क्रममा भएको विवादको विषयलाई लिएर राजनीतिक प्रतिष्ठा बनाउनु भनेको तनहुँका सिंगो नेपाली कांग्रेस र यसका नेता तथा कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न वहुलठ्ठीपूर्ण क्रियाकलाप भएको आरोप विज्ञप्तिमा लगाइएको छ ।’ साथै यस्ता काम कहीकतैबाट पनि हुन नदिन सम्बन्धित सबै निकाय र सरोकारवालाको ध्यानाकर्षण पनि गराइएको छ ।
बिहीबार नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोला पुलको उद्घाटन गरेका छन् । बुधबार ब्यास नगरपालिकास्थित बुल्दीखोलाको मोटरेवल पुलको उद्घाटनको विषयलाई लिएर सदरमुकाम दमौली बजार दिनभर तनावग्रस्त बनेको थियो भने, निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले नेता पौडेल सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएर ३ घण्टापछि छाडेको थियो ।
विज्ञप्तिमा हेर्नुहोस् –

सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’