पर्वत । स्याङ्जामा प्रहरीका लागि ‘आई लव यु बुढी, गुड नाइट’ भन्नुपर्ने अभियान एसपी होबिन्द्र बोगटीले सुरु गरेपछि भाइरल नै भयो । यस्तै, रोचक र सिर्जनशील अभियान पर्वतमा पनि सुरु हुँदैछ । पर्वतको एउटा गाउँपालिकामा ‘गाउँ फर्क प्याराप्यारी अभियान’ कार्यक्रम सञ्चालन हुने भएको छ ।
जिल्लाको महाशिला गाउँपालिकामा गाउँमा रोजगार सिर्जना गरेर सोही पेसामा आत्मनिर्भर बनाउने तथा कोरोनाले गाउँ फर्किएकाको अवस्थालाई मध्येनजर गर्दै ‘गाउँ फर्क प्याराप्यारी अभियान’ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले दिएको जानकारी अनुसार विदेशमा रहेकालाई गाउँमा नै फकाएर उद्यमी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो कार्यक्रम अन्तरगत उद्यम तथा कुनै व्यवसाय गर्न चाहनेका लागि ब्याजमा अनुदान समेत प्रदान गरिने अध्यक्ष पौडेलले बताएका छन् । उनका अनुसार यो कार्यक्रममा ३ वर्षभित्र विदेशबाट फर्किएर आएका युवायुवती समावेश हुन सक्ने छन् ।
कार्यक्रममा सहभागी हुन चाहने युवायुवतीले व्यसायको प्रस्तावना, पछिल्लो ३ वर्ष विदेशमा बसेर आएको खुल्ने कागजातका प्रतिलिपिहरु तथा ऋण दिने वित्तीय संस्थाको सहमतिपत्र, व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजात गाउँपालिकामा पेश गर्नुपर्ने अध्यक्ष पौडेलले जानकारी दिएका छन् । यी कागजात पेश गरेपछि गाउँपालिकाले ३ लाख को १२ प्रतिशतको दरले अधिकतम २ वर्षसम्मका लागि ब्याज रकम अनुदान दिने छ । कार्यक्रमका लागि आलु आवका लागि १० लाख विनियोजन भएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका अनुसार गाईभैंसी न्युनतम ३ वा सोभन्दा माथि, कुखुरा ५ सय वा सोभन्दा माथि, बंगुर ३० वा सोभन्दा माथि, फलफुल तथा तरकारी खेती ३ रोपनी (३ टनेल) वा सोभन्दा माथि सबैभन्दा धेरै भएकालाई प्रमुख प्राथमिकता दिइने छ ।
कार्यक्रममा सहभागी हुनका लागि सुचना प्रकाशित भएको १५ दिनभित्र निवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ । – रासस
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान