गण्डकी प्रदेशको सबैभन्दा ठूलोे सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० श्ययाको आकस्मिक कक्ष (इर्मजेन्सी ब्लक) निर्माण गरिने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा हाल सञ्चालित २५ श्ययाको आकस्मिक कक्षको स्तरवृद्धि गरी ५० श्ययाको छुट्टै ब्लक निर्माण गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आकस्मिक कक्ष निर्माणका लागि रु नौ करोड बजेट अख्तियारी प्राप्त भएकाले निर्माण प्रक्रिया शुरु गरिएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । भवन निर्माणका लागि बजेट तथा डिजाइन तयार भइसकेकाले यही महिनाभित्रमै बोलपत्र आह्वान गरिने अस्पतालले जनाएको छ । अब निर्माण हुने आकस्मिक कक्ष सुविधासम्पन्न हुने बताइन्छ ।
“हालको इर्मजेन्सी ब्लक ‘इर्मजेन्सी डेडिकेटेड’ छैन, ठाउँ समेत साँघुरो छ।” निर्देशक आचार्यले भने, “इर्मजेन्सी ब्लकमै शल्यक्रिया, एक्सरे, प्रयोगशाला,फार्मेसी सहितको सुविधा सम्पन्न डेडिकेटेड ब्लक निर्माण गछौँ।”
अस्पतालले चार तलाको इर्मजेन्सी ब्लकको डिजाइन तयार गरेको छ भने चौथो तलामा हेलिप्याडको अवधारणा छ । पहिलो चरणमा भने एक तला मात्र हुनेछ । अस्पतालले सोही ब्लकमै प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छ ।
गण्डकी प्रदेशको ‘कोभिड डेडिकेटेड अस्पताल’ समेत तोकिएको अस्पतालले कोभिड उपचार केन्द्रमा हालको १५ श्ययाको आइसीयू क्षमतालाई विस्तार गरी २५ श्यया बनाउन लागेको अस्पतालका सिनेटर सदस्य मीन गुरुङले जानकारी दिए ।
निर्माण हुने आकस्मिक कक्षको मंसिर १५ गते प्रतिनिधिसभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले शिलान्यास गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाखले सेवा लिने गरेका छन् ।
अस्पतालमा दैनिक एक हजार बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् भने २०० जनाले आकस्मिक उपचार सेवा लिने गरेको अस्पतालले जनाएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’