साझा र विवेकशीलबीच पुनः एकीकरण मंसिर २४ गते हुने, पार्टीको नाम विवेकशील साझा पार्टी रहने

साझा र विवेकशीलबीच पुनः एकीकरण मंसिर २४ गते हुने, पार्टीको नाम विवेकशील साझा पार्टी रहने

Bibekshil Sajha Party ekatta

पोखरा । विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ । मंसिर २४ गते अपरान्ह दुई पार्टीबीच औपचारिक एकता घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिए ।

अन्ततः एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहने मिश्रले बताए । अलग अलग स्थापना भएका दल बीचमा एकीकरण भएर पुनः विभाजित भएका थिए ।

एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहने बताइएको छ । एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन् ।

‘हामी एक हुँदैछौँ । विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ,’ मिश्रले भनेका छन्, ‘तपाईंको साथले ‘विवेकशील साझा पार्टी’लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा हामी विश्वस्त छौँ ।’

मिश्रले एकताका लागि प्रेरित गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रम दुवै पार्टीका नेताहरुको फेसबुकबाट लाइभ प्रसारण हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds