पोखरा । गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले गण्डकी मेडिकल कलेजमा तत्काल धरौटी राख्न नसकेकै कारण कुनै बिरामीको ज्यान नजाने बताएका छन् ।
पोखराको न्युरोडमा रहेको गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका डा. श्रेष्ठले कोभिडको यो विषम परिस्थितिमा पनि गण्डकी मेडिकल कलेजले सामथ्र्यले भ्याएसम्म गरिरहेको सुनाए ।
“अहिले चाहिँ अवस्था अलि सुध्रिएको छ । केही साता अघि खराब थियो । अस्पतालहरुले धरौटी बुझाउन नसकेकै कारण भर्ना नलिँदा बिरामीको मृत्यु भयो भन्ने समाचार आए ।’ डा. श्रेष्ठले भने– ‘रातको समयमा पैसा साथमा नहुन पनि सक्छ । तर, यही कारण हस्पिटलले भर्ना नगरेको हो भने त्यो दुःखद अवस्था हो । जिएमसीमा आएका कोभिडका बिरामीको तत्काल धरौटी राख्न नसकेकै कारण ज्यान जाँदेन । भर्ना भइसकेपछि, ज्यान बाँचिसकेपछि भोलिपल्ट बुझाएपनि हुन्छ । तर पहिले धरौटी चाहिन्छ भन्दै बिरामी फर्काउने काम हामीले भने गरेका छैनौं।’
उनले कोभिड आइसोलेसन बनाएर अस्पतालले घाटा व्यहोरिरहेको सुनाए । ‘४० लाख त हप्ताकै खर्च छ । एक पटक एक जनाले पीपीई लगाउँदा ६ हजार खर्च हुन्छ । डाक्टर, कर्मचारीलाई पीपीई नलगाई पठाउन मिल्दैन । पछिल्लो पटक मात्र १ करोड लगानीमा ५ भेन्टिलेटर किनेका छौं ।’

डा. श्रेष्ठले कर्मचारी, डाक्टरलाई समेत कोभिड हुँदा समस्या पारेको जनाउँदै पछिल्लो स्वास्थ्य प्रोटोकलले भने केही राहत दिएको, १४ दिनपछि पुनः काममा फर्कने वातावरण मिलेको बताए । कोभिडका विरामीलाई हेर्ने कर्मचारी, स्वास्थ्यकर्मीलाई समेत काममा प्रेसर दिन नमिल्ने हुँदा बिरामीले आफूले चाहे जस्तो सेवा दिन पनि नसकिएको होलाभन्दै उनले भिडियो मार्फत् होस् वा दैनिक एकपटक चिकित्सकीय टोली पुगेर होस्, बिरामी हेरिरहेको बताए । उनले स्टाफ नर्सका टोली नै कोभिड आइसोलेसनमा बस्ने वातावरण जिएमसीले मिलाएको पनि बताए ।
कतै भेन्टिलेटर मेसिन हुने तर चलाउने जनशक्ति नहुँदा काम नहुने अवस्था रहेको भन्दै ति भेन्टिलेटरहरु जिएमसीलाई दिएमा जिएमसी सेवा दिन पहिल्यैदेखि तयार रहेको पनि बताए ।
‘पत्रकारलाई प्रभावमा पार्न खोजेका होइनौं’
कार्यक्रममा हालै पत्रकार रञ्जन अधिकारीलाई सरकारी अस्पतालले एक्सरे समेत नगर्दा, चरक हस्पिटलमा बेड नहुँदा जिएमसीमा उपचार मिलेको प्रसंग पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कोट्याए । आफू अध्यक्षमा निर्वाचित भए लगत्तै पत्रकारहरुका लागि विशेष छुटका लागि गण्डकी मेडिकल कलेजसँग एमओयू हुँदा पत्रकारबाटै आलोचना खेपेपछि श्रेष्ठले १ वर्ष पछि नविकरण हुन नसकेको स्मरण गरे ।
हस्पिटलसँग यसरी सम्झौता गर्दा जिएमसीले गलत गरेको खण्डमा कसरी समाचार लेख्ने ? प्रभावमा हामी परेनौं ? भन्ने जस्ता तर्क आएपछि सम्झौता रद्ध हुँदा पनि अहिले उपचारमा पत्रकारलाई विशेष प्राथमिकताका साथ पुनः उही सम्झौता अनुरुप उपचार व्यवस्था गरिएकोमा डा. श्रेष्ठ र मेसु डा. टुमाया घलेका प्रति अध्यक्ष श्रेष्ठले आभार व्यक्त गरेका थिए ।

- यसको जवाफमा डा. श्रेष्ठले पत्रकारलाई प्रभावमा पार्न आफूहरुले छुट दिन नखोजेको प्रष्ट पारे । उनले भने– ‘हामीले गल्ती गरेको खण्डमा पत्रकारले लेख्नु हुँदैन भनेकै होइनौं । लेख्नु भएको छ । तर भएको कुरामा मात्र लेखिदिनुस्, नहुने नलेखिदिनुस् । जिएमसीले गल्ती गर्दा ढाकछोप गर्ने होइन । तपाईंहरुले लेख्ने नै हो । हामीले गल्ती गरेको भए सुध्रिने हो । सभ्य ढंगले लेखिदिनुस् ।’
युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदीप पौडेल सम्मानित
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु