कोरोनाबाट कमान सिंहको मृत्यु लगत्तै विवादमा तानिए नारायणकाजी

कोरोनाबाट कमान सिंहको मृत्यु लगत्तै विवादमा तानिए नारायणकाजी

narayankaji-shrestha-kamansing-lama

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको विवादस्पद अडियो सार्वजनिक भएको छ । ४० को दशकमा राष्ट्रिय जनमोर्चामा क्रियाशिल रहदा देखि नै श्रेष्ठसंग निकट रहेका भनिएका पूर्व सांसद तथा नेकपा नेता कमानसिंह लामाको गएराति कोरोना भाइरसबाट निधन भएपछि श्रेष्ठ विवादमा मुछिन पुगेका हुन् ।

दुई हप्ता अघि कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका लामाले एक हप्ता अघि आफ्नी कान्छी श्रीमतीका नाममा र भाईप्रति गम्भीर आरोप र आछेप लागेको स्ट्याटस सार्वजनिक गरेका थिए। त्यसको एक हप्ता नवित्दै गएराति लामाको निधन भएपछि उक्त स्ट्याटसमा उल्लेखित आर्थिक लेनदेन र हिसाब किताबको बिषयले नेकपा प्रवक्ता श्रेष्ठलाई अर्को विवादमा तानेको हो ।

लामाको निधन लगत्तै पारिवारिक स्रोतको हवाला दिंदै सनराइज खबर नामको एक अनलाइन पत्रिकाले श्रेष्ठ र लामाबीच भएको अडियो र भिडियो क्लिप्स सार्वजनिक गरेको छ । जसको आधारमा लामा र श्रेष्ठबीच लामाले लिएको ठुलो संख्याको ऋण भुक्तानीको बिषयमा श्रेष्ठसंग विवादस्पद कुराकानी भएको सुनिन्छ । जसमा श्रेष्ठले लामालाई साढे दुई करोड आफ्नै हितेसी सुसनलाई दिने दिएर विवाद सल्टाउन सुझाब दीएको सुनिन्छ भने लामा उक्त रकम आफुले दिन नसक्ने बताएको उक्त अडियोमा सुनिन्छ ।

यसरी श्रेष्ठ र लामाबीच भएको अडियोको हिसाब किताब र लामाले केहि दिन अघि स्ट्याटसमा उल्लेख गरेको रकमको संख्या मिल्दोजुल्दो देखिन्छ । उक्त अडियोको आवाज श्रेष्ठ र लामाबीचको वार्तालाभ हो वा होइन भन्ने अधिकारिक पुष्टि भने हुन बाँकी नै छ । यदि यो अडियो लामा र श्रेष्ठबीचको कुराकानी नै रहेको भन्ने अधिकारिक पुष्टि भएमा यसले नेकपा प्रवक्ता श्रेष्ठको राजीनितिक र सामाजिक प्रतिष्ठामा गम्भीर प्रश्न खडा गर्न सक्ने सम्भावना देखिन्छ ।

एक बर्ष अघि नेकपा सांसद एवम तत्कालिन सभामुख कृष्ण बहादुर महराको बिषयमा पनि यस्तै विवादस्पद भिडियो सार्वजनिक भएपछि पदबाट राजिनामा दिनुपरेको थियो । गत फागुनमा तत्कालिन संचारमन्त्री एवम प्रधानमन्त्री केपी शर्मा ओलीका निकै नै प्रिय पात्र गोकुल प्रसाद बास्कोटा र एक बिचौलिया बिजय मिश्रबीच ७० करोड कमिसनको बिषयमा भएको वार्ताको अडियो सार्वजनिक भएको थियो । जसका कारण उनको मन्त्री पद फ़ुस्किएको थियो । यद्दपी महराले आफुमाथि लागेको आरोपमा अदालातबाट सफाई पाईसकेका छन् भने बास्कोटाको बचाउमा स्वयम प्रधानमन्त्री नै उत्रिएपछि उक्त प्रकरण बारे अख्तियारले अनुसन्धान प्रक्रिया नै सुरु गर्न सकेन ।

कमानसिहंको घर बिगारेकोमा तीन महिना अघि नै नारायणकाजीले धन्यवाद पाएका थिए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाकै केन्द्रीय सदस्य एवं पूर्व राजदूत स्वर्गीय कमानसिंह लमाको घर बिगारे बापत धन्यवाद पाएको भेटिको छ । गत भदाै ३ (२०७७) गते लामाले सामाजिक सञ्जाल मार्फत श्रेष्ठलाइ आफ्नो घर बिगार्न भूमिका निर्वाह गरेकोमा धन्यवाद दिएका थिए ।

उच्च नैतिकता ढोंग बोकेर हिडेँका नारायणकाजीले अर्काको घर बिगार्न भूमिका खेलेको कमानसिंहको उक्त लेखाइबाट पुष्टि हुन्छ । उनले बुबाको मुख हेर्ने दिन (जसलाइ पछिल्लो समय father’s day भनिन्छ) नारायणकाजी र उनको स्वकीय सुसन कर्माचार्यले घर विगारेको बताएका छन ।

कमनासिंहले भन्नुभएको थियो ‘मेरा छोरीहरुले father’s day मनाउंदा मेरो छेउमा एक जना मान्छे साथमा राख्थे !! यो साल त्यो भएन !!! ज्यादै खल्लो लाग्यो !! मेरो घर विगारेको अनुभुत भयो !!! यो देनको लागी धन्यबाद मेरा अनन्य मित्रहरु द्वय नारायण काजी र सुसनजी !!! तर मैले त्यसको सट्टामा मेरो छोरा कहिल्यै यो बेला हुदैनथ्यो त्यो यो साल पाएकोछु !!! नेपाली आम दाजुभाई दिदि बहिनीहरुमा HAPPY FATHER’s DAY !!!’

कमानसिंहको मृत्युसँगै नारायणकाजीले डिल गरेको एउटा विवादित लेनदेनको भिडियो समेत सार्वजनिक गरेको छ । जसले नारायणकाजीको नैतिकतामा पूर्णविराम लगाएको छ । उक्त भिडियो संवादमा सुसन र कामनसिंहकी पत्नी इन्द्रमायाको नाम समेत जोडिएको छ । विवादित भिडियोमा श्रेष्ठले दुबैलाइ परिवारको सदस्य भएको बताउँदै मिल्न अनुरोध गरेका छन ।

एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ : नारायणकाजी श्रेष्ठ

कमानसिंह लामा र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही आपत्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ ।

मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ । ‘कमानसिंहले कम्युनिष्ट आदर्शको कुरा गरेर नथाक्नेका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभयो’

‘कम्युनिष्ट आदर्श’को कुरा गरेर नथाक्नेका लागि चुनौतीपूर्ण प्रश्न: पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले नेकपाका केन्द्रीदय सदस्य कमानसिंह लामाले ‘कम्युनिष्ट आदर्श’को कुरा गरेर नथाक्नेका लागि चुनौतीपूर्ण प्रश्न गरेको बताउनुभएको छ । कमानसिंह लामाप्रति श्रद्धाञ्जली प्रकट गर्दै उपप्रधानमन्त्री पोखरेलले सम्वद्ध कम्युनिष्ट पार्टीलाई गम्भीर सन्देश दिएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन ! हार्दिक श्रद्धान्जली ! तर वहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई – अझ यसमा आवद्ध ‘कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएकोछ। अलविदा कमरेड कमानसिंह लामा !’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds