तनहुँमा १२ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

तनहुँमा १२ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

COVID19

तनहुँ । तनहुँमा १२ जना कोरोना संक्रमित थपिएका छन । त्यस्तै एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा ७ जना र बन्दिपुर गाउँपालिकामा ४ जना, म्याग्दे गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन ।

शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ३५ वर्षीया महिला, ६८, ६५, ३२, ४४, ३८ वर्षीय पुरुष र शुक्लागण्डकी-७ का ७५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बन्दिपुर गाउँपालिकाको वडा नखुलेको २३ महिला र ३३, ५५, २६ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण भएको छ ।

यस्तै म्याग्दे-५ का ४५ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

यस्तै जिल्लाको म्याग्दे-२ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

आइतबार बिहान ९:३० बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनमा गत २४ गते कोरोना संक्रमण पुष्टि भएको छ । उनमा कोभिड निमोनिया र क्रोनिक लिभरको समेत समस्या रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds