गोरखाको तान्द्राङमा बस दुर्घटना: २२ घाइते, ५ जनाको अवस्था गम्भिर

गोरखाको तान्द्राङमा बस दुर्घटना: २२ घाइते, ५ जनाको अवस्था गम्भिर

Bus accident Gorkha tandrang

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था गम्भिर रहेको गोरखाका ट्राफिक प्रहरी इन्चार्ज मित्रलाल ढकालले बताए । धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वल पुडासैनीको अवस्था गम्भिर रहेको उनले जानकारी दिए । उनीहरुलाइ थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात बस चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds