लण्डन । विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै टप ४ भित्र पर्न सफल भएका छन् ।
नेपाली मुलका सन्तोष विगत एक दशदेखि बेलायतमा बस्दै आएका छन् । मंगलबार राति ‘बीबीसी वान’ मा प्रसारित फाइनल राउण्डको पहिलो चरणबाट अघि बढ्दै उनी टप ४ मा पुगेका हुन् । छ जनाबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा दुई जना बाहिरिएसँगै सन्तोषसहित चार जना फाइनल राउन्डको लागि छानिएका हुन् ।
‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल यही आउँदो बिहीबार बेलुका प्रसारण हुँदैछ । फाइनल राउण्ड अगाडि बुधबार साँझ बेलुका हुने अर्को चरणको प्रतिस्पर्धाबाट तीन जना फाइनालिस्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिनेछन् ।
मंगलबार भएको ‘इन्भेन्सन् राउण्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खीरका साथमा आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमौरा’ प्रस्तुत गरेका थिए । त्यस्तै, निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेका थिए ।
नेपाली खानालाई विश्वसामू पुर्याउने लक्ष्य लिएर अघि बढेका सन्तोषले यस अघि विभिन्न नेपाली परिकारहरु टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन् । सन्तोष आफ्नो मिहिनेत, परिश्रम र लगनशीलताका कारण भारतको पाँचतारे होटलदेखि लन्डनको मिसेलिन स्टार सेफद्वारा संचालित रेष्टुरेन्टसम्म पुग्न सफल भएका छन् ।
इण्डियन कुइजिनबाट वर्षौंदेखि सँगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउने उनले बताए । नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेर उनी अघि बढेका छन् । ‘मिसिलिन स्टार’ भनेको विश्वका गुणस्तरीय र राम्रो खानेकुराको उत्कृष्ट सेवा पुर्याउने रेष्टुरेन्टलाई दिइने विशेष सम्मान तथा पहिचान हो ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु