तनहुँमा १ हजार ७१ जनाले जिते कोरोना, आइसोलेसन र क्वारेन्टिन खाली

तनहुँमा १ हजार ७१ जनाले जिते कोरोना, आइसोलेसन र क्वारेन्टिन खाली

Tanahun mApp ccc

तनहुँ । तनहुँमा कोरोना संक्रमित मध्ये १०७१ जनाले कोरोना जितिसकेका छन् । जसमा ७८४ जना पुरुष र २७८ जना महिला रहेका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३२० जना पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या भने २३० जना रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । जसमा १५१ जना पुरुष र ७९ जना महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुनेको संख्या भने १९ जना पुगेको छ । जसमा १३ जना पुरुष र ६ जना महिला रहेका छन । अहिलेसम्म तनहुँमा १२ हजार ६८ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समय भने जिल्लामा परीक्षण गर्नेको संख्या पनि न्यून हुँदै गएको छ । सामान्य रुपमा मै मानिसहरु हिड्न थालिसकेका छन् । सर्वसाधरणले मास्क समेत कमै मात्रामा प्रयोग गर्ने गरेको देखिन्छ । सामाजिक/भौतिक दुरी त कायम हुनै छोडेको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण जेखिमका कारण गत चैत्र महिनादेखि बन्द भएका तनहुँका लगभग सबै क्षेत्र निर्वाध रुपमा खुल्न थालेका छन् । सर्वसाधारणहहरु कोरोना भाइरस संक्रमण जोखिमकै बीच आफ्नो दैनिकीलाई पुरानै लयमा फर्काउन थालेका छन् ।

ग्रामीण क्षेत्रका पर्यटन लक्षित होमस्टे, खेलकुदका प्रतियोगिता, सिनेमा हल बाहेक अहिले तनहुँका सबै क्षेत्र खुलेका छन् । सार्वजनिक यातायात, व्यापार व्यवसाय, शिक्षण संस्था, राजनीतिक दलका विरोध र्‍याली, सभा, वैवाहीक समारोह, पर्यटन, धार्मिक स्थल लगायतका क्षेत्र अहिले निर्वाध रुपमा खुलेका छन् । यस्ता कार्यक्रममा देखिएको भिडभाड, मानिसहरुको चहलपहल देख्दा कोरोना संक्रमण जोखिम हटेको भान हुन थालेको छ ।

सरकार तथा स्वास्थ्य वीज्ञहरु कोरोना संक्रमण जोखिम कायमै रहेको र यो भाइरसका विरुद्ध औषधी उपचार समेत सहज नभइसकेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेपनि सर्वसाधारणले यस तर्फ ध्यान दिएको देखिदैन ।

तनहुँका १० वटै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु पनि करिब नौ महिनापछि खुला गरी प्रत्यक्ष पठनपाठन सञ्चालन भएका छन् । भाइरस संक्रमण जोखिमकै बीच विद्यार्थीहरु विद्यालय जान थालेका छन् । बजार क्षेत्र तथा सार्वजनिक यातायातमा पनि भिडभाड देखिन थालेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ