कोरोना कहरकै बीच यस वर्ष पनि पोखरामा सडक महोत्सव सञ्चालन हुने भएको छ । पर्यटकीय शहर पोखरामा ब्राण्ड बनेको सडक महोत्सव यस वर्ष कोरोना कहरका कारण हुने वा नहुने अन्योलकाबीच सडक महोत्सव आयोजक रेवान पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सव गरिने जनाएको छ ।
महोत्सव यही पुस १५, १६ र १७ गते आयोजना गरिने रेवानका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । विगतका वर्षहरुमा पाँच दिन सडक महोत्सव आयोजना गरिएपनि यस वर्ष दुई दिन घटाइएको रेवानले जनाएको छ ।
रेबानले आवश्यक स्वास्थ्य सतर्कता अप्नाउँदै महोत्सव आयोजना गर्ने जनाएको छ । सुस्ताएको पर्यटन उकास्नका लागि महोत्सवलाई निरन्तरता दिने निर्णय गरिएको बताउँदै बरालले भने – ‘सुस्ताएको पर्यटन उकास्ने प्रयास हो यो, सबैले यही रुपमा बुझेर महोत्सवमा आउनेमा हामी विश्वस्त छौं ।’

पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनका साथ साथै पोखरालाई ‘‘अंगेजी नया“ वर्षको गन्तब्य स्थल’’ को रुपमा प्रवद्र्धन लक्ष्य राखिएको छ ।
महोत्सवमा यस वर्ष सांगीतिक कार्यक्रम नहुने रेबानले जनाएको छ । रेबानले उद्घाटन र समापन बाहेक अन्य कार्यक्रम कोमागाने पार्कमा नगर्नेपनि बताएको छ । महोत्सव संयोजक वसन्त गौतमले भने,‘महोत्सवमा यस वर्ष दोहोरी तथा पप कन्सर्ट केहि पनि हुँदैन ।’
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले महोत्सव गरेर आफूहरुले पोखरा खुल्ला छ है भन्ने सन्देश दिन खोजेको बताए ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो