पोखरा । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ ।प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुकुल हेरेर आजै अध्यादेश जारी गर्ने तयारी गरेका हुन् ।
राजनीति दलसम्बन्धी ऐन २०७३ मा केन्द्रीय समिति र संघीय संसद्का भन्ने शब्दहरुको सट्टा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको कम्तीमा ४० प्रतिशत सदस्य वा त्यस्तो दलको संघीय संदद्को संसदीय दलको कम्तीमा ४० प्रतिशत सदस्यले एकै पटक भन्ने उल्लेख छ ।
पार्टी फुटाउन ४० प्रतिशत संख्या नपुग्ने भएपछि ओलीले अध्यादेश जारी गर्ने तयारी गरेका हुन् । केन्द्रीय समितिमा ४० प्रतिशत अपुग भएपछि आफुसँग जति हुन्छन् त्यसैलाई हेरर अध्यादेश जारी गर्ने तयारी गरेका छन् । पार्टी विभाजनका लागि केन्द्रीय समितिमा ओली समूहको ४० प्रतिशत सदस्य नपुग्ने देखिन्छ ।
संसद विघटन भइसकेको परिस्थितिमा केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन नसकेको खण्डमा विभाजन होइन कि ‘चोइटिएको पार्टी’ मात्र बन्नेछ र निर्वाचन आयोगबाट बैधता प्राप्त गर्ने छैन ।
बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको केन्द्रीय समितिको बैठकमा कति सदस्य सहभागी हुन्छ त्यसैलाई आधार मानेर अध्यादेश जारी गर्ने तयारी थालिएको हो । २५ वा ३० प्रतिशत हुने गरी अध्यादेश ल्याउने तयारी छ ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह