तनहुँ व्यास-५ का कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

तनहुँ व्यास-५ का कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

deathh corona

File Photo

तनहुँ । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँको व्यास नगरपालिका-५ का ६४ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचारको क्रममा सोमबार राति ८:२० बजे मृत्यु भएको हो ।

उनीमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds