प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव

prachanda-madhav-nepal-cc-meet

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।

स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न ९ एजेण्डा तय भएको छ ।

राजधानीको कार्की ब्यांकेटमा भएको बैठकका एजेण्डा यस्तो रहेको छः

–आन्तरिक समस्या समाधानबारे प्रस्ताव
–आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन
–अनुशासनको कारवाही
–अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त
– कार्ययोजना र कार्यक्रम
– विरोध कार्यक्रम
– संगठनात्मक कार्ययोजना
–कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन
– अन्य समसामयिक प्रस्तावहरु

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds