काठमाडौंः सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुग्दा त्यस्को असर प्रदेश, जिल्ला, स्थानिय निकाय हुदैं परिवारसम्म पुगेको छ।
प्रधानमन्त्रिको सिफारीसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै दुई समुहमा विभाजित हुदैं फुटको संघारमा नेकपा पुगेपछि त्यसको असर पार्टी कमिटिमा मात्र नभई सांसद तथा नेताहरुको परिवारसम्मै देखिन पुगेको छ। यसको मुख्य उदाहरण नेकपाका प्रतिनिधि सभा सांसद रघुविर महासेठको परिवार हो।
विभाजन उन्मुख भएको समयमा नेकपा भित्रका दुई समुहले आ-आफ्नो छुट्टाछुट्टै भेला बोलाउँदा रघुविर महासेठको परिवार पनि दुई छुट्टाछुट्टै समुहतिर विभाजित भएको हो। जसमा बिगत लामो समयअघिबाट प्रधानमन्त्री ओलीको विस्वास पात्रका रुपमा रहेका रघुबीर महासेठ प्रचण्ड नेपाल पक्षमा लागेका छन् भने उनकी श्रीमति जुली महतो ओली पक्षमा लागेकी छन् । उनि ओली समुहले बोलाएको सोमबार र मंगलबार दुबै बैठकमा सहभागी भएकी थिईन।
जुली बिहान बालुवाटारमा आयोजित ओली पक्षको केन्द्रीय समितीको बैठमा उपस्थित थिइन् । तर यता महासेठ भने प्रचण्ड-नेपाल समुहको पक्षमा लाग्दैं आजको प्रचण्ड-नेपाल समुहको केन्द्रिय बैठकमा सहभागी भएका छन। रघुवीर महासेठ र जुली महतो दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन्।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह