काठमाडौंः सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुग्दा त्यस्को असर प्रदेश, जिल्ला, स्थानिय निकाय हुदैं परिवारसम्म पुगेको छ।
प्रधानमन्त्रिको सिफारीसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै दुई समुहमा विभाजित हुदैं फुटको संघारमा नेकपा पुगेपछि त्यसको असर पार्टी कमिटिमा मात्र नभई सांसद तथा नेताहरुको परिवारसम्मै देखिन पुगेको छ। यसको मुख्य उदाहरण नेकपाका प्रतिनिधि सभा सांसद रघुविर महासेठको परिवार हो।
विभाजन उन्मुख भएको समयमा नेकपा भित्रका दुई समुहले आ-आफ्नो छुट्टाछुट्टै भेला बोलाउँदा रघुविर महासेठको परिवार पनि दुई छुट्टाछुट्टै समुहतिर विभाजित भएको हो। जसमा बिगत लामो समयअघिबाट प्रधानमन्त्री ओलीको विस्वास पात्रका रुपमा रहेका रघुबीर महासेठ प्रचण्ड नेपाल पक्षमा लागेका छन् भने उनकी श्रीमति जुली महतो ओली पक्षमा लागेकी छन् । उनि ओली समुहले बोलाएको सोमबार र मंगलबार दुबै बैठकमा सहभागी भएकी थिईन।
जुली बिहान बालुवाटारमा आयोजित ओली पक्षको केन्द्रीय समितीको बैठमा उपस्थित थिइन् । तर यता महासेठ भने प्रचण्ड-नेपाल समुहको पक्षमा लाग्दैं आजको प्रचण्ड-नेपाल समुहको केन्द्रिय बैठकमा सहभागी भएका छन। रघुवीर महासेठ र जुली महतो दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन्।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ