पोखरा न्यूरोडमा दुर्घटनाः दुई गम्भिर, पार्किङबाट निकाल्ने बेला अर्को बाइकको ठक्कर (तस्वीरहरु)

पोखरा न्यूरोडमा दुर्घटनाः दुई गम्भिर, पार्किङबाट निकाल्ने बेला अर्को बाइकको ठक्कर (तस्वीरहरु)

anjan photo

तस्वीरः अञ्जन अधिकारी

पोखराको न्यूरोडमा केही समयअघि दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।पार्किङमा राखिएको ग ८ प २०६७ नम्बरको बाइक निकाल्ने क्रममा चिप्लेढुंगाबाट सभागृहचोकतर्फ गइरहेको ग१६प ४६४ नम्बरको बाइकले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

तीब्र गतिमा आएको बाइकले ठक्कर दिँदा दुबै मोटरसाइकलका चालक गम्भिर घाइते भएका छन् । घटनापछि प्रहरी पुगेको छ । दुवै पुरुषलाई नजिकै रहेको मोडल हस्पिटल लगिएको छ ।

ट्राफिक प्रहरीले अहिले घाइतेहरुलाई हस्पिटल लगिएको र परिचय प्राप्त भइनसकेको जानकारी दियो ।

थप विवरण आउन बाँकी

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ