चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्यो, प्रचण्डलाई भेट्न खुमलटार पुगिन्

चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्यो, प्रचण्डलाई भेट्न खुमलटार पुगिन्

prachanda-and-houw-yanchhi

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजनको रेखा कोरिएसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीको सक्रियता बढेको छ ।
राजदूत याङ्छीले बिहीबार बिहान प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

प्रचण्डलाई भेट्न याङ्छी बिहीबार बिहान प्रचण्डको निवास खुमलटार पुगेकी थिइन् । सो क्रममा अध्यक्ष प्रचण्ड र राजदूत याङ्छीबीच आधा घण्टा कुराकानी भएको बुझिएको छ ।

त्यसक्रममा राजदूत याङ्छीले प्रचण्डसँग विकसित राजनीतिक घट्नाक्रमका बारेमा चासो राखेकी थिइन् । यसअघि पनि नेकपमा विवाद बढ्दा याङ्छीले नेताहरुलाई भेटेर पार्टी विभाजन रोक्न आग्रह गर्दै आएकी थिइन् ।

राजदूत याङछीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत आइतबार संसद विघटन गरेपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन् । मंगलबार साँझ राजदूत याङ्छी र राष्ट्रपति भण्डारीबीच एक घण्टा कुराकानी भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds