म्याग्देका कोरोना संक्रमित वृद्धको पोखरामा मृत्यु पुष्टि

म्याग्देका कोरोना संक्रमित वृद्धको पोखरामा मृत्यु पुष्टि

corona death

File Photo.

तनहुँ । तनहुँका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर ५ का ७३ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पुष ८ गते बुधबार बेलुका ५:२० बजेको समयमा कोरोना संक्रमित वृद्धको मृत्यु भएको निर्देशनालयले जनाएको छ । उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

उनमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड निमोनिया, उच्चरक्तचाप लगाएतका समस्या रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ