कुरा मिल्न छाडेपछि ‘फेक आईडी’ बनाएर पुर्वगर्लफ्रेन्ड ब्ल्याकमेल गर्ने अन्सारीसहित २ जना पक्राउ

कुरा मिल्न छाडेपछि ‘फेक आईडी’ बनाएर पुर्वगर्लफ्रेन्ड ब्ल्याकमेल गर्ने अन्सारीसहित २ जना पक्राउ

Blackmail fb

काठमाडौं । थाईल्याण्ड बस्ने एक युवतीसँग मकवानपुर हेटौंडा–४ घर भएका अस्लम अन्सारीको हिमचिम थियो । नेपालमा उनीहरु मिल्ने साथी थिए । दुईजना आपसी सम्बन्धमा थिए । पारिजात (नाम परिवर्तन) पछि थाईल्याण्ड गइन् । अस्लम पनि गए, त्यहाँ केही समय घुमेर फर्किए । थाईल्याण्डबाट फर्किएपछि उनीहरुको सम्बन्धमा समस्या आयो । आफुलाई अविवाहित भनेर सम्बन्धमा बसेका अस्लम ‘विवाहित’ भएको थाहा पाएपछि पारिजातले उनको फोन र मेसेज रेस्पोन्स गर्न छाडिन् ।

अनि, अस्लमले अर्को चाल रचे । पारिजातको नाममा फेसबुक र इमेल आईडी बनाए । अर्धनग्न तस्बिर, नग्न तस्बिर र भिडियो सामाजिक सञ्जाल र पोर्न साइडमा अपलोड गरे ।

सम्बन्ध बिग्रेपछि युवतीलाई हैरानी गर्ने र यौन उत्पीडन दिने अस्लमलाई प्रहरीले पक्राउ गरेको छ । नजिकको आफन्तको उजुरीपछि ३६ वर्षीय अस्लम अन्सारीलाई मकवानपुरबाट पक्राउ गरिएको साईबर ब्यूरोका एसएसपी नबिन्द अर्यालले बताए ।

फेसबुक र पोर्न साईडको पोष्ट हटाउन उनले युवतीसँग लाखौ मागेर ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । ब्युरोले उनीमाथि विद्युतीयय कारोवार ऐन–०६३ को दफा ४७ अनुसार अनुसन्धान गरिरहेको छ ।

त्यस्तै प्रविधिको दुरुपयोग गरेर यौनजन्य, अस्लील सन्देश र तस्बिर पठाएको आरोप्मा प्रहरीले गोरखा सुलिकोटका रोलकबहादुर थापालाई पनि पक्रेको छ ।

ललितपुरको चापगाउँ बस्ने २० वर्षीय रोलकले महिलाको फेक आईडी बनाएर उनको आफन्त र नजिकका साथीलाई अस्लील मेसेज पठाएका थिए । सामाजिक सञ्जालमा अनर्गल सामग्री पोष्ट गरेर हैरानी दिएपछि उनलाई पक्राउ गरिएको व्यूरोका एसएसपी अर्यालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ