काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् ।
आज २९५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर आयोग पुगेका नेपालले आफूहरुले नै वैधानिकता पाउने दाबी गरे । पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता र २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर लिएर नेता नेपाल निर्वाचन आयोगको कार्यालय पुगेका छन् । उनले प्रचलित कानूनकै आधारमा आयोगले निर्णय लिने पनि विश्वास व्यक्त गरेका छन् ।
माइतीघर मण्डलाबाट र्यालीसहित आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई वैधानिकता दावी गर्दै गरिएको हस्ताक्षर बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, गिरिराजमणि पोख्रेल,देव गुरुङ, रघुजी पन्त, देबेन्द्र पौडेल, जनार्दन शर्मा, घनश्याम भुषाल, बर्षमान पुन, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, योगेश भट्टराई, पम्फा भुसाल, शलिकाराम जम्कटेल, भीम रावल, गोकर्ण बिष्टसहित ३० जना आयोग पुगेका छन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ