काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् ।
आज २९५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर आयोग पुगेका नेपालले आफूहरुले नै वैधानिकता पाउने दाबी गरे । पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता र २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर लिएर नेता नेपाल निर्वाचन आयोगको कार्यालय पुगेका छन् । उनले प्रचलित कानूनकै आधारमा आयोगले निर्णय लिने पनि विश्वास व्यक्त गरेका छन् ।
माइतीघर मण्डलाबाट र्यालीसहित आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई वैधानिकता दावी गर्दै गरिएको हस्ताक्षर बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, गिरिराजमणि पोख्रेल,देव गुरुङ, रघुजी पन्त, देबेन्द्र पौडेल, जनार्दन शर्मा, घनश्याम भुषाल, बर्षमान पुन, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, योगेश भट्टराई, पम्फा भुसाल, शलिकाराम जम्कटेल, भीम रावल, गोकर्ण बिष्टसहित ३० जना आयोग पुगेका छन् ।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ