काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेकपा कहिल्यै नफुट्ने बताएका छन् ।
प्रचण्ड–नेपाल समूहको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले पार्टी चोइटिन भने सक्ने बताए । उनले रुखको उदाहरण दिँदै रुखका बोक्रा पनि चोइटिने गरेको भन्दै बालुवाटारमा भएको भेला नेकपाको एक चोइटो भएको बताए ।
पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत बहुमत चाहिने भन्दै उनले भने, ‘अहिले संसद भंग गरेको अवस्थामा केन्द्रीय कमिटीमा ४० प्रतिशत चाहिन्छ । त्यसैले नेकपा फुटेको छैन, चोइट्याउन खोजेको हो । रुखका बोक्रा निस्किन सक्छन्, बोक्रा निस्किँदा रुख नै बढ्यो भन्न मिल्छ र ? बालुवाटारमा भेला भएको बोक्रा मात्र हो, नेकपा जस्ताको तस्तै छ । नेकपा भनेको हामी हो’
खनालले प्रधानमन्त्री केपी शर्मा ओली इबी साँध्ने व्यक्ति भएको बताए । उनले पूर्व सहकर्मी एवं अध्यक्ष ओलीलाई गोमन सापसँग तुलना समेत गरे । पत्रकार सम्मेलनमा खनालले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताए । उनले अघि भने, ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ ।’
गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गरेको खनालले सुनाए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ