काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टीलाई केपी शर्मा ओलीले फुटाएको बताएका छन् । प्रधानमन्त्री ओलीले पूर्वएमालेलाई दाहालले फुटाएको आरोप लगाएको भन्ने प्रश्नको जवाफ दिँदै प्रचण्डले आफूले एमाले भित्रको गुटबन्दी मिलाउन खोजेको बरु ओलीले फुटाएको आरोप लगाए।
दाहालले भने, ‘मैले फुटाएको भनेजस्तो कुरा आएको छ । एमालेको ९ औँ महाधिवेशपछि माधवजी र केपीजीको पक्ष भन्ने रहेछ । एकतापछि दुवैलाई कसरी मिलाउने भन्ने मलाई चिन्ता थियो ।’
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीमा नेपाल पक्षलाई पेलेर जाने रणनीति लिएको र आफू त्यस पक्षमा नरहेको पनि बताए । ‘केपी ओलीले माधवजीको पक्ष जिल्ला, प्रदेश र केन्द्र कुनै तहमा पनि नआओस् भन्ने । तर त्यो पक्ष पनि बलियो भएकाले आउनुपर्छ भन्ने मेरो कुरा थियो । त्यसैले, एमाले फुटाउने केपीजी हो, म होइन,’ उनले भने ।
यस्तै, दाहालल विगतमा ओलीलाई आफूले चिन्न नसकेको र सहमति भएका कुरा छोड्दै जानु भूल भएको बताए । ओलीसँग पार्टी एकताका बेला गरेको सहमति अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति छोड्नु गल्ती भएको उनको भनाइ थियो ।
‘उहाँले म तीन वर्ष जेठो छु तीन भोटा मैले फटाएको छु भन्दा मैले एक नम्बर मान्दिए । अर्कोपल्ट आलोपालो अध्यक्ष छोडौं र संयुक्त गरौं भन्दा पनि छोडिदिए । कार्यकारी अध्यक्षमा हुनुस् भन्दा पाँचै वर्ष प्रधानमन्त्री हुनुस् भनेर मैले छोडिदिए र यो छोडिदिने कमजोरी गरेको थिए,’ दाहालले भने ।
ओली निरंकुस हुँदा नेकपा फुटको अवस्थामा पुगेको उनको तर्क छ। दाहालले आफूले अपमान सहेर पनि एकता चाहेकाले ओलीले जहिले आफूलाई पेल्न खोजेको बताए। उनले आफु, नेपाल र बरिष्ठ नेता झलनाथ खनाल ओलीले अपमान सहनेहरुको समूह भएको बताए।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ