काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पूर्व माओवादी खेमाका पाँच जना मन्त्री बने । नेकपा प्रचण्ड-माधव समूह छाडेका ५ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाए । यसमध्ये २ जना त सांसद पनि होइन । प्रचण्ड माधव पक्षका ७ जनाले राजिनामा दिएपछि ओलीले मन्त्री बनाएका हुन् ।
टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले मन्त्री पद पाएका हुन् । रायमाझीलाई उर्जा, थापालाई खानेपानी, चौधरीलाई श्रम, साहलाई शहरी विकास र तामाङलाई युवा तथा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
रायमाझी र थापा गत असारदेखि नै ओलीको पक्षमा खुलेका थिए । त्यसबेला रायमाफी र थापासहित केही पूर्वमाओवादी खेमाका नेताहरुले साथ दिँदा ओलीको दुवै पद जोगिन समेत बल पुग्यो । यसपटक पनि रायमाफी र थापाले खुलेरै ओलीलाई साथ दिए ।
सांसद नरहेका थापालाई भने संसद विघटनका बेला मन्त्री बन्ने मौका जुरेको छ । सांसद नै नरहेपनि उनी मन्त्री हुने अवसर पाए ।
लामा, चौधरी र साह भने प्रचण्ड-माधव पक्षमा उभिएका थिए । साहले त संसद विघटनको चर्को विरोध गरेका थिए । संसद विघटन गर्ने निर्णयलाई आत्मघाती निर्णय भन्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘‘संविधानको मुल मर्म र जनादेश विपरीत दुई वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधिसभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवम् आपत्तिजनक कार्य हो ।’ अहिले यो स्टाटस सामाजिक सञ्जालमा भाइरल भएको छ ।
रौतहटबाट निर्वाचित सांसद साहले पुस ७ का प्रचण्ड र माधव पक्षको केन्द्रीय कमिटी बैठकमै सहभागी भएका थिए । तर माधव नेपाललाई अध्यक्षमा प्रस्ताव गरेपछि उनले बैठक हलमा नै आपत्ति जनाएका थिए । पुस ९ को बैठकमा नगएका उनी प्रदेश र जिल्ला तहका ३० जना नेतासहित आउने भन्दै ओली समूहमा पुगेका थिए ।
खेलकुदमन्त्री नियुक्त लामा भने २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । सिन्धुपाल्चोक – २ (ख) प्रदेशसभा सदस्यमा निर्वाचन लडेका लामा गृहमन्त्री रामबहादुर थापा बादल निकट हुन् ।
बादल ओली समूहमा लागेपछि उनी पुस ९ को प्रचण्ड र माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सामेल थिए । प्रदेशसभा सदस्यमा हारेका उनी मन्त्री बन्ने गरी ओली समूमा लागेका छन् ।
गौरीशंकर चौधरी प्रचण्ड निकटकै नेता हुन् । बर्दियाबाट निरन्तर निर्वाचन जित्दै आएका चौधरी यसअघि कृषिमन्त्री भएका थिए । उनी पनि बिहीबारसम्म प्रचण्ड र माधव पक्षकै भेलामा थिए । तर ओली समूहमा लागेका पूर्वमाओवादी नेता लेखराज भट्टको पहलमा उनी ओली समूहमा पुगेका छन् र मन्त्री बनेका छन् ।
यसरी अघिल्लो दिनसम्म प्रचण्डका मान्छे भोलिपल्ट मन्त्री पद पाउने बित्तिकै ओलीतिर लागेका छन् । मन्त्री खुस्किएपछि फेरि प्रचण्डमै फर्कने त होला भन्दै कटाक्ष सुरु भएको छ ।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?