ओलीमाथि झलनाथको कटाक्ष – खोइ पानीजहाज ? खोइ घरघरमा ग्याँसको पाइप ?

ओलीमाथि झलनाथको कटाक्ष – खोइ पानीजहाज ? खोइ घरघरमा ग्याँसको पाइप ?

jhalanath

काठमाण्डौ – नेकपाका प्रचण्ड- नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीमाथि चर्को आलोचना गरेका छन् ।

विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेता खनालले सत्तामा गएको दिन देखि नै ओलीले पार्टीलाई विर्सिएको आरोप लगाएका छन् । पार्टी सत्तामा जाने भ¥याङ बनाएका ओलीले मन्त्रिपरिषद गठनदेखि हरेक निर्णयमा पार्टीलाई छलेको आरोप लगाएका छन् ।

खोइ पानीजहाज ? खोइ घरघरमा ग्याँसको पाइप ? उहाँले कहिले पानी जहाजको, कहिले घरघरमा ग्याँस पाइपको कुरा गर्नुभयो’ सम्बोधनमा खनालले आक्रोशित हुँदै भने ।

उनले भने, ‘तीन वर्ष खेर भयो, मरिचमानले गरेजति पनि काम गर्न सकेनन् । खनालले पछिल्लो समय विकास गरेको दाबी गर्दा रानीपोखरी बनाएको उदाहरण दिने गरेको भन्दै उनले व्यंग्य गरे ।

जनताको लागि काम नगरेका ओलीलाई आफूहरुले सरकारका काम प्रभावकारी नभएकोबारे प्रश्न उठाउँदा विश्वलाई नै चकित हुने काम गरेका झुठा विवरण सुनाएको पनि सम्बोधनमा खनालले स्मरण गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ