निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन आयोगले फिर्ता गरेको भन्ने अभिब्यक्ति खण्डन गरेको छ । प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएका थिए ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता नभएको बताए ।दर्ता भएको निवेदन पनि फिर्ता हुन्छ ? भन्ने प्रश्न गर्दै उनले प्रधानमन्त्रीले भाषणका क्रममा के भने ? सो थाहा नभएको र आयोगले फिर्ता गर्ने कुरा नभएको उनले बताए ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि दुई पक्षमा विभाजन भएको नेकपाका प्रचण्ड–नेपाल पक्षले आफ्नो आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । त्यसमाथि छानविन भइरहेको आयोगले जनाएको छ ।
प्रधानमन्त्रीले झूठ बोले
प्रचण्ड–नेपाल पक्षका नेताहरुले प्रधानमन्त्रीले झूठ बोलेको बताए। नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले झुठ कुरा गरेर प्रधानमन्त्रीले पराजित मानसिकता देखाएको टिप्पणी गरे।
‘निर्वाचन आयोगमा चाहिने कागजात दिने, अपडेट गराउने काम गरेका छौं, कहाँबाट फिर्ता पठाउनु? त्यो नचाहिने कुरा हो, उनीहरु निर्वाचन आयोगलाई धम्क्याउन खोज्दैछन’, पोखरेलले भने, ‘हामीले हिजो मात्र आयोग पुगेर पार्टी दल दर्ता गर्दाको स्थितिमा भएको हेरफेर अनुसूचि १८ बमोजिमको फर्म्याटमा भरेर निर्वाचन आयुक्तहरुलाई बुझाएर आएका हौं।’
‘प्रधानमन्त्रीले त्यसो भनेर हुन्छ? झुट बोलेर हुन्छ? यो झुठको पुलिन्दा हो। झुठ बोल्दै मानिसलाई धम्क्याउँदै भ्रम पार्ने यो पराजित मानसिकताको अभिव्यक्ति हो,’ पोखरेलले थपे।
प्रचण्ड–नेपाल पक्षका अर्का नेता राजेन्द्र पाण्डेले पनि प्रधानमन्त्री ओलीले झुठो प्रचार गरेको दाबी गरे।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ