सशस्त्रको लिखित परीक्षामा सात नक्कली परीक्षार्थी पक्राउ

सशस्त्रको लिखित परीक्षामा सात नक्कली परीक्षार्थी पक्राउ

exam arrest

सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परीक्षामा सात जना नक्कली परीक्षार्थी फेला परेका छन् । अरुको सट्टामा परीक्षा दिइरहेका र दिन लागाउने दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका १ का ईराज तामाङ, सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० की कमला शर्मा र जाजरकोट जुनिचाँदे गाउँपालिका १ की कविता कार्की पक्राउ परेका छन् ।

यसैगरि अन्य दुई जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । गणेश बहादुर रोकायको सट्टामा सन्तोष कार्की, कमल रोकायको सट्टामा ईराज तामाङ, कविता कार्कीको सट्टामा कमला शर्माले परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds