पोखरामा एक पुरुष मृत अवस्थामा फेला

पोखरामा एक पुरुष मृत अवस्थामा फेला

death body

पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका वडा नं – २० भलामस्थित अम्मर बहादुर क्षेत्रीको टिनको छाप्रोमा अन्दाजी ५०-५१ वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मृतक उक्त व्यक्तिको पहिचान खुलिसकेको छैन । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ