पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सरकारी गाडी दुरुपयोग भएको भन्दै अधिकारकर्मीले आपत्ति जनाएका छन् । जागौं नेपाल राष्ट्रिय अभियान कास्कीले मुख्यमन्त्री कार्यालयको ग १ झ ४३५ नम्बरको गाडी दुरुपयोग गरेको भेटिएको खुलासा गरेको हो । शनिबार गरेको छड्के चेकिङमा सो गाडी दुरुपयोग भएको फेला परेको थियो ।
सोहि दिन पृथ्वीचोकबाट उक्त गाडीलाई जागौं नेपालको टोलीले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई बुझायो । मुख्यमन्त्रीको पीएले सो गाडी लिएर ओहोरदोहोर गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको टोलीले जनाएको छ ।
जागौं नेपाल अभियानका केन्द्रीय अध्यक्ष दीपक आचार्यको नेतृत्वमा पोखरामा पहिलोपटक छड्के चेकिङ गरिएको थियो । बिदाको दिनमा सरकारी गाडीको दुरुपयोग हुन्छ वा हुँदैन भनेर गरिएको छड्के जाँचमा सो गाडी पटक पटक ओहोरदोहोर गरिएको भेटिएको थियो । उक्त गाडी सहित ४ वटा गाडीलाई नियन्त्रणमा लिई ट्राफिक कार्यालयलाई बुझाएको टोलीले जनाएको छ ।
यो बाहेक महान्याधिवक्ताको ग १ झ ३६९, मुक्तिनाथ बराह क्षेत्र विकास कोषको ग १ झ ३३९ र अर्को ग १ झ ५४० नम्बरका गाडी दुरुपयोग भएको पाइएको टोलीले जनाएको छ । चेकिङकै क्रममा ग १ झ ४७० नम्बरको गाडी भने नियन्त्रणमा लिनु अगावै भागेको केन्द्रीय संयोजक आचार्यको भनाई छ ।
कास्की प्रहरीले भने सबै गाडीले पास लिएरै चलाएकाले छाडेको जनाएको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो