पोखरा । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले पोखराको कसेरीमा सदस्य सेवा केन्द्र शुभारम्भ गरेको छ । नयाँबजारस्थित प्रधान कार्यालय रहेको सहकारीले आफ्नो पहिलो सदस्य सेवा केन्द्र बुधबारबाट संचालनमा ल्याएको हो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्रीले सेवा केन्द्रको उद्घाटन गरे । उद्घाटन गर्दै क्षेत्रीले सेवा केन्द्रले कसेरीवासीलाई टेवा पुग्ने विश्वास ब्यक्त गरे । सहकारी नाफामुखी मात्रै भन्दा पनि स्थानीयहरुको जिवनस्तर उकास्ने कुरामा केन्द्रित हुनुपर्ने उनको भनाई थियो । ‘सहकारीले नाफा कति भयो भन्नेमा मात्रै ध्यान राख्ने हैन । यहाँका स्थानीयहरुलाई उद्यमी बनाउन प्रेरीत गर्ने र जिवनस्तर उकास्ने खालका कार्यक्रमहरुमा पनि केन्द्रित हुनुपर्छ’ उनले भने ‘युवाहरुलाई विदेशिन रोक्न, व्यवसाय, स साना उद्योग, कृषीमा अभिप्रेरित गरि बचतको बानी विकास गर्न सहकारीको भूमिका रहनेछ भन्ने विश्वास छ ।’
राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रमुख नरेश पाण्डेले सहकारी र बचतको महत्वबारे बोले । ‘हामीले सानैदेखि बचतको बानी विकास गर्नुपर्छ । फजुल खर्चहरुलाई घटाएर बचत गर्न सक्यौँ भने भविष्यमा यसको अर्थ ठूलो हुन्छ । बचत गर्ने बानी बसालौँ’उनले भने ।
सहकारीका अध्यक्ष रमण पौडेलले स्थानीयसँगकै साझेदारीमा विभिन्न कार्यक्रमहरु ल्याइने बताए । बचत गर्न प्रेरित गर्दै उनले कृषी, व्यवसाय लगायतका क्षेत्रमा सहज ऋण उपलब्ध गराउने बताए ।

सो अवसरमा बोल्दै मित्र मिलन पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार अर्जुन गिरी, रञ्जन अधिकारी र बिमला भण्डारीले कसेरी सेवा केन्द्रको सफलताको शुभकामना दिए ।
अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले स्वागत मन्तब्य राखे । सचिव कुशल पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
सहकारीले उद्घाटन समारोहमा उपस्थितहरुलाई विभिन्न विरुवाका बिउविजन समेत वितरण गरेकाे थियो ।
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो