नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । पाँच पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने छ पालिकामा निर्वाचनमार्फत नेतृत्व चुनिएको छ ।
नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार गल्याङ नगरपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका, फेदीखोला गाउँपालिका र आँधीखोला गाउँपालिकामा पालिका समिति निर्विरोध चयन भएको हो ।
वालिङ, चापाकोट, पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकामा भने निर्वाचनबाट नेतृत्व चयन गरिएको छ ।
११ पालिकामा को-को बने सभापति ?
सर्वसम्मत चयन भएका पालिकामध्ये आँधीखोला गाउँपालिकाको सभापतिमा अनिल ढकाल, बिरुवा गाउँपालिकामा लालबहादुर हमाल, हरिनास गाउँपालिकामा बालकृष्ण सिग्देल, फेदीखोला गाउँपालिकामा महेन्द्र थापा र गल्याङ नगरपालिकामा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् ।
अर्जुनचौपारी गाउँपालिकाको सभापतिमा हरिप्रसाद काफ्ले निर्वाचित भएका छन् । उनले ९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शालिग्राम काफ्लेले ५६ मत पाए । कुल १६२ प्रतिनिधिमध्ये १५८ मत खसेको थियो ।
पुतलीबजार नगरपालिकाको सभापतिमा सुरजकुमार अधिकारी निर्वाचित भएका छन् । अधिकारीले २५९ मत प्राप्त गर्दा प्रतिस्पर्धी लेखनाथ शर्माले १९१ मत पाए । नगर सचिवमा ख्यामकान्त अर्याल निर्वाचित भएका छन् । उनले २४५ मत प्राप्त गर्दा रामप्रसाद लम्सालले १९१ मत पाए ।
त्यस्तै, सहसचिवमा पूर्णबहादुर गुरुङ दोर्जे निर्वाचित भएका छन् । उनले २९७ मत प्राप्त गर्दा प्रतिस्पर्धी गौतमसिंह ठकुरीले १४४ मत पाए । पुतलीबजारमा कुल ४९६ प्रतिनिधिमध्ये ४५७ मत खसेको थियो ।
वालिङ नगरपालिकाको सभापतिमा पदमराज गुरुङ निर्वाचित भएका छन् । उनले २६९ मत प्राप्त गर्दा प्रतिस्पर्धी बोधराज कुँवर ‘राजु’ ले २६६ मत पाए । गुरुङ तीन मतको झिनो अन्तरले नगर सभापतिमा निर्वाचित भएका हुन् ।
यसैगरी, उपसभापतिमा यज्ञप्रसाद अधिकारी र महिला उपसभापतिमा जुनु थापा निर्वाचित भएका छन् । अधिकारीले २७७ मत प्राप्त गर्दा महिला उपसभापतिमा जुनु थापाले सर्वाधिक ३१५ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी जगदिश पाठकले २३० र सीता ढुङ्गाना अधिकारीले २१४ मत प्राए ।
त्यस्तै, सचिव पदमा हुमनाथ अर्याल (वचन) निर्वाचित भएका छन् । उनले २५४ मत प्राप्त गर्दा प्रतिस्पर्धी बुद्धिसागर गैह्रेले २५३ मत पाए ।
सहसचिव पदमा एकनारायण कोइराला (उत्तम) निर्वाचित भएका छन् । कोइरालाले २५७ मत प्राप्त गर्दा प्रतिस्पर्धी विष्णुबहादुर खवासले २३४ मत पाए । कुल ५५९ प्रतिनिधिमध्ये ५४२ मत खसेको थियो ।
चापाकोट नगरपालिकाको सभापतिमा विक्रम सारु निर्वाचित भएका छन् । सारुले २४२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विश्वास पुरीले ९८ र रामबहादुर श्रेष्ठले ५८ मत पाए ।
चापाकोटको सचिवमा विश्वप्रकाश भट्टराई निर्वाचित भएका छन् । उनले २२३ मत प्राप्त गर्दा दयाराम भण्डारीले ९१ र हरि डोटेलले ७१ मत प्राप्त गरे । चापाकोटमा कुल ४२० प्रतिनिधिमध्ये ४०४ मत खसेको थियो ।
भीरकोट नगरपालिकाको सभापतिमा नन्दलाल खनाल निर्वाचित भएका छन् । खनालले १९४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ताराप्रसाद अर्यालले १६७ मत पाए । खनाल २७ मतको अन्तरले नगर सभापतिमा निर्वाचित भएका हुन् । कुल ३८७ प्रतिनिधिमध्ये ३८५ मत खसेको थियो ।
कालीगण्डकी गाउँपालिकाको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन् । सभापति पदका लागि भएको निर्वाचनमा भट्टराईले ११७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी चक्रपाणि पाण्डेले १०१ मत पाए । कुल २४३ मतदातामध्ये २२५ मत खसेको थियो ।
पालिका अधिवेशन सम्पन्न भएसँगै कांग्रेसले स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । यससँगै महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १० गते क्षेत्रीय अधिवेशन हुने कार्यक्रम छ ।
सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै