फुडमाण्डुको सेवा पोखरामा, हरेक अर्डरमा ३० प्रतिशत छुट

फुडमाण्डुको सेवा पोखरामा, हरेक अर्डरमा ३० प्रतिशत छुट

foodmandu

अनलाइन फुड डेलिभरी फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ ।कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए ।

पोखरामा सेवा विस्तार गर्ने क्रममा कम्पनीले पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत वा रु. ३०० सम्मको छुट घोषणा गरेको छ । काठमाडौँबाहिर ग्राहकको मागलाई ध्यान दिँदै पहिलोपल्ट पोखराबाट सेवा विस्तार गरिएको उनले बताए ।

‘गुणस्तरीय सेवासहित हामी आएका छौँ अब पोखरेलीले अनलाइनबाटै फुडमाण्डूका खानेकुरा अर्डर गर्न सक्नुहुनेछ,’ उनले भने । मालीका अनुसार फुडमाण्डूले हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको र यसलाई विस्तारै बढाउँदै लगिने छ ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले आफूहरुले पहिलेदेखि नै पोखरामा सेवा विस्तार गर्ने योजना बनाए पनि कोभिड–१९ लगायतका कारणले विस्तारमा ढिला भएको जानकारी दिए ।

‘हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा विस्तार गर्ने लक्ष्य लिएका थियौँ, तर कोभिड–१९ का कारणले आफ्नो ध्यान अन्य प्रमुख विषयमा केन्द्रित भयो’, उनले भने ।

अधिकारीले सन् २०१० देखि शुरु गरिएको फुडमाण्डूको अनलाइन सेवाले ग्राहकको मन जित्दै गएकाले अब देशका अन्य स्थानबाट पनि सेवा दिने योजनाअनुरूप काठमाडौँबाहिर पोखराबाट शुरु गरिएको बताए ।

सन् २०२१ लाई आफ्नो सेवा विस्तारको वर्षको रूपमा अघि बढाउने योजना रहेको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds