कैलालीको धनगढीमा आयोजित आफूपक्षीय राजनीतिक सभालाई सम्बोधन गर्दै ओली दुई नेतामाथि खनिएका हुन्। दुई नेतालाई लाटोकोसेरको संज्ञा दिँदै अँध्यारोमा रमाउन बानी परेको टिप्पणी गरे। लाटोकोसेरो अँध्यारोमा मात्रै उड्न सक्छ। झलल घाम लाग्यो भने टिक्नै सक्दैन। अँध्यारोमा बस्नेहरु घाममा टिक्न सक्दैनन्दा हाल नेपाल प्रति लक्षित गर्दै उनले भने, अँध्यारोमा चर्ने, खाने बानी गरेकाहरु घाम लागेपछि अत्तालिन्छन्। यहाँ चेतनाको ज्योति छरेर अन्धकार हटाइन्छ।
ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला गरिरहेको भन्दै कुनै हालतमा पुनस्स्थापना नहुने जिकिर गरे। पुष्पकमल दाहाल प्रचण्डहरू पार्टी बैठकमा नआएर निर्वाचन आयोग र सर्वोच्च अदालतमा पुगेछन्, उनले भने, चुनावविरोधी षडयन्त्र चिरेर अब ताजा जनादेशमा जाँदैछौं, मैले काम गरेर देखाएको छु। देशलाई अघि बढाउन यस्तो निर्णय लिएको हुँ।
दाहाल-नेपालालई भ्रष्ट र विदेशीको इशारामा चल्ने तत्वको संज्ञा ओलीले दिए। तिनीहरुलाई भोट नहाले पुग्छ, तपाईंहरुले अरु केह गर्नुपर्दैनु, उनले भने, उहाँहरुलाई दोहोरो अंकमा चुनाव जिताएर देखाउन चुनौती दिन्छु। १० सिट जितेर आउन् उनीहरु।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह