दाह्री ग्याङ पोखराको संयोजकमा पाण्डे र सहसंयोजकमा मिश्र

दाह्री ग्याङ पोखराको संयोजकमा पाण्डे र सहसंयोजकमा मिश्र

137297834_221119722827972_8410124341113530814_n

पोखरा । दाह्री ग्याङ पोखराको ४९ औं आधिकारिक बैठकले अभिमन्यु पाण्डे (विक्रम) लाई संयोजक र बसन्त मिश्रलाई सह–संयोजकमा सर्वसम्मतिले जिम्मेवारी प्रदान गरेको छ ।

यसअघि शेखर गौतमले २ वर्ष र बसन्त पहारीले साढे २ वर्ष संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । नवनियुक्त संयोजक र सह–संयोजकलाई दारी दाह्री पोखराका पूर्वसंयोजक शेखर गौतम र निवर्तमान संयोजक बसन्त पहारीले खादा ओढाएर आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गरेका थिए ।

नवनियुक्त संयोजक पाण्डेले सबै सदस्य साथीहरुको सहयोग लिएर अघि बढ्न सकिने बताउँदै दाह्री ग्याङको आधिकारिक कार्यालय खोल्ने, नवयुवालाई व्यापार/व्यवसायमा प्रोत्साहन गर्ने, तत्काल आपतकालिन सेवामा सदैव तत्पर रहने, समाजमा हुनेनकारात्मक घटना, विसंगतिलाइ हटाउन सम्बन्धित निकायमा दबाब दिने लगायत आफ्ना भावी योजना प्रस्तुत गरेका थिए ।

दाह्री ग्याङ पोखराले फेवाताल सरसफाइ, आकस्मिक र नियमित रक्तदान, निम्न वर्गीय परिवारलाई स्वास्थ्य उपचार खर्च सहयोग, विपन्न परिवारलाई सहयोग, सडक तथा अनाथ बालबालिकालाई सहयोग, विद्यालयलाई ह्वाइट बोर्ड सहयोग लगायत उदारहणीय कार्यहरु गर्दै आएको छ ।

२०७२ फाल्गुण ६ गते खोलिएको फेसबुक ग्रुपको सञ्जाल अहिले देशभर फैलिसकेको छ । सदस्य संख्या बढेसंगै फेसबुक ग्रुपमार्फत् सामाजिक रुपान्तरणका लागि अघि बढ्ने उद्देश्य राखेको दाह्री ग्याङ अहिले नेपालका ३० भन्दा बढी जिल्लामा सक्रिय छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ