काठमाडौँ– विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो । रिट खारेज भएसँगै कक्षा एक र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गर्ने बाटो खुलेको छ ।
पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमअनुसारको पढाई सञ्चालन गर्न मातहतका सबै निकायहरुमा परिपत्र गरेको भएपनि गत असोज ३० गते नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै भगवता अर्यालसहितले सर्वोच्चमा रिट दायर गरेका थिए । विद्यालय तहको पाठ्यक्रम बनाउने विषय स्थानीय तहको भएको भन्दै परेको रिट सर्वोच्चले खारेज गरेसँगै अब नयाँ पाठ्यक्रम नै लागू हुने भएको हो । यसअघि अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गरेपनि केही विद्यालयहरुले भने पुरानै पाठ्यक्रमअनुसार पढाई सञ्चालन गरिरहेका थिए ।
यसअघि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कार्तिक १९ गते नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । तर आज सर्वोच्चका न्यायाधीशहरु केसी र ढुंगानाको इजलाशले रिट नै खारेज गरेको हो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार